काठमाडौँ। बलिउड अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। उनले आफैं फेसबुकमार्फत आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्।

बच्चनका अनुसार उनी अब केहीसमय आफ्नै घरमा आइसोलेसनमा रहनेछन्। कोरोना संक्रमण देखिएपछि बच्चन मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए।

उनीसँगै छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कोरोना देखिएको थियो। अहिले सबैजना संक्रमण मुक्त भएका छन्।