काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न उच्च अदालत पाटनले आदेश दिएको छ।

विभिन्न संगठनले लगाएको ताला खोल्न माग गर्दै त्रिविका कर्मचारीले दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले यस्तो आदेश दिएको हो।

न्यायाधीश राम बहादुर थापाको एकल इजलासले उक्त आदेश दिएको हो।

गत साउन ५ गतेदेखि त्रिविमा प्रजातन्त्रवादी प्राध्यापक संघ, नेविसंघलगायतले ताला लगाएका थिए।