काठमाडौँ। कोरोना भाइरसको जोखिम बढेसँगै स्वास्थ्य मन्त्रालयले बालबालिका र बृद्धबृद्धा लाई घर बाहिर ननिस्कन आग्रह गरेको छ। आजको नियमित प्रेस बिफ्रीङमा मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो आग्रह गरेका हुन्।

उनले भने, ‘कोरोना भाइरसको जोखिम बढ्दै गएकोले १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरु घरबाट बाहिर ननिस्कनु। ’ केहि दिन अगाडी कम हुँदै गएको कोरोना संक्रमणको सख्या फेरी बढ्दै आएको छ।

कोरोनाका संक्रमित बढेसंगै नेपालमा पुन लकडाउन हुने सम्भावना देखिएको छ। यद्यपी यसबारे सरकारले भने कुनैपनि तयारी गरेको छैन।