काठमाडौँ। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टायता थप एक जनाको मृत्यु भएको छ। पर्सा जिल्ला विरगंञ्ज बस्न ६८ वर्षकी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

साउन १७ गते ति महिलाको मृत्यु भएको हो। उनमा स्वासप्रश्वास ,ज्वरो र खोकीको समस्या देखिएपछि नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना गरिएको थियो। अवस्था जटिल बनेपछि नारायणी कोभिड अस्पताल रिफर गरेर ल्याउने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ।

महिलमा कोरोना संक्रमण गत साउन १६ गते पुष्टि भएको थियो। उनी मधुमेहको विरामी समेत थिइन्। यो संगै नेपालमा कोरोना मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।