काठमाडौँ। नेपालमा कोरोना भाइरसको जोखिम थप बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको दायरालाई पनि फराकिलो पारेको छ। कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले परीक्षणको मापदण्ड फराकिलो बनाएको छ।

मन्त्रालयले नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड-१९ लाई परिवर्तन गर्दै परीक्षणको दायरा बढाएको हो। नयाँ मापदण्डअनुसार अब गन्ध थाहा नपाउने र झाडा पखालाका बिरामीको पनि पीसीआर विधिमार्फत स्वास्थ्य परीक्षण गरिने छ। 

लक्षण नदेखिएका र हल्का समस्या भएकालाई १४ दिनपछि डिस्चार्ज गरिने छ। यसैबीच स्वास्थ्य मन्त्रालयले अब अस्पताल केन्द्रित भएर परीक्षणको दायरा बढाउने तयारी पनि गरेको छ।