काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको वार्ता केहीबेर अघि सकिएको छ।

आजको वार्ता पनि औपचारिकतामा मात्र सीमित रहेको र कुनै निष्कर्ष र सहमति हुन भने नसकेको बताइएको छ। बिहान ९ः५५ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षद्वयबीच शुरु भएको वfर्ता साढे १ बजे सकिएको थियो।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल लगायतका नेता पनि सहभागी भएका थिए।

पार्टीमा रहेको आन्तरिक विवाद मिलाउने कसरतमा रहेका शीर्ष नेताहरू आआफ्नो तरिकाले प्रयास गरिरहेका छन्। तर लामो समय सम्म पनि कुनै ठोस निर्णय हुन भने सकेको छैन।