काठमाडौँ। एक महिलालाई बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्। गुलरिया नगरपालिका ८ कोठियागाउँ बस्ने २३ वर्षीय श्याम थारुलाई २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पिडित महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको खबर पाएपछि प्रहरीले थारुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।