एजेन्सी। केरा एक फल हो जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। तर, केरा धेरै खाँदा यसले शरीरलाई नोक्सान पनि पुर्याउँछ। बच्चाहरूका लागि सबैभन्दा राम्रो डायटको रुपमा केरा सामेल गरिन्छ। हरेक दिन १ वा २ केरा दिन सकिन्छ। यसका साथै, धेरै परिश्रम गर्ने एक व्यक्तिले दिनमा ३ देखि ४ वटा केरा खान सक्छ। धेरै केरा खाँदा हुने बेफाइदाहरु

मोटोपना
केरामा फाइबरको साथसाथै प्राकृतिक रुपमा चिनीको मात्रा पनि हुन्छ। त्यसैले केरा र दूध खाँदा तौल बढ्छ। त्यसैले अधिक मात्रामा केरा खाएमा यसले शरीरमा अनावश्यक तौल बढाउने काम गर्छ।

दम
चिनी र स्टार्चको मात्रा बढी हुने भएकाले केराले दाँतमा दुर्गन्ध पैदा गर्छ। यस्तै, केरामा एमिनो एसिड टाइरोसिन पाइन्छ जुन शरीरभित्र पुगेर टायरामाइनमा परिवर्तन हुन्छ। टायरामाइनले  माइग्रेनलाई बढाउँछ। जो मानिसलाई दमको समस्या छ, ति व्यक्तिहरूले केरा खान हुँदैन। यसले सुन्निने र एलर्जी हुने समस्या पैदा गर्छ। 

एसिडिटी 
खाली पेटमा केरा खाएमा पेटमा दुखाई सुरु हुन्छ। केरामा स्टार्च भन्ने पदार्थ पाइन्छ। जसलाई पचाउँन लामो समय लाग्छ। त्यसैले धेरै केरा खाएमा पेट दुख्ने र केरा राम्रोसँग नपाकेको भएमा बान्ता पनि हुनसक्छ। 

कब्जियत 
केरा खाँदा पेट राम्रोसँग सफा हुन्छ। तर केरा थोरै मात्रै काँचो भएमा त्यसले कब्जियत गराउन सक्छ। पखाला लाग्दा चिकित्सकहरूले केरा खाने सल्लाह दिन्छन्। यसको मतलब केराले दिशा साह्रो बनाउने काम गर्छ। त्यसैले काँचो केरा नखाने र पाकेको पनि धेरै मात्रामा खान हुँदैन।

मधुमेह
मधुमेह भएका बिरामीहरूले केरा धेरै सेवन गर्नुहुँदैन। प्राकृतिक रुपमा नै चिनीको मात्रा पाइने हुनाले यसले शरीरमा चिनीको मात्रा बढाउँछ र टाउको दुख्ने वा निन्द्रा नलाग्ने समस्या आउन सक्छ।