डडेल्धुरामा जीप दुर्घटना भएको छ। धनगढीबाट बझाङ्गतर्फ गइरहेको जिप शनिबार राति करिब ११ बजे दुर्घटना हुँदा आठ जना घाइते भएका छन। घाइते मध्ये तीन जनाको अवस्था चिन्ता जनक रहेको प्रहरीेले जनाएको छ।

सुप प्रदेश ०१–००१ –ज ११५५ नम्बरको टाटा मुमो जिप दुर्घटना भएको पोखरा प्रहरी चौकी इञ्चार्ज प्रहरी नायव निरीक्षक शेरबहादुर बढाऐरले बताए।

जिपमा चालकसहित तिन जना महिला र पाँच जना पुरुष सवार थिए। अन्दाजी १२ र १३ बर्षका दुई बालक र एक युवक गरी तिन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

उनको उद्धार गरी उपचारका लागी डडेल्धुरा अस्पताल पठाइएको छ। जिप सडक भन्दा करिब सय मिटर तल खसेको थियो।

चालकका अनुसार स्ट्रिङ्गले काम गर्न छोडेपछि दुर्घटना भएको बुझिएको छ। दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ।