काठमाडौं। दुई प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका सिल गरिएको छ। गत शुक्रबार ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि महाशाखामा आवतजावतमा रोक लगाइ सिल गरिएको हो।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब संकलनमा दुई ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएको थियो।कोरोना पुष्टि भएका प्रहरीको सम्पर्कमा आएकालाई बाहिर आवतजावतमा समेत बन्द गरिएको छ। यस्तै महाशाखाभित्र बस्ने ३७५ ट्राफिक प्रहरी कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ।

क्वारेन्टाइनमा बसेका प्रहरीको चाँडो स्वाब सङ्कलन गर्ने तयारी भइरहेको महाशाखाले जनाएको छ।