काठमाडौँ। अभिनेत्री निरूता सिंहले अभिनेता भुवन केसी रियल हिरो भएको बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै निरूताले भुवन आफ्नो लागि रियल हिरो भनेर उल्लेख गरेकी हुन्। 

उनले लेखेकी छिन्, ‘मलाई आज पनि सम्झना आउँछ, दार्जिलिङमा छदाको त्यो बेलाको, जुन बेला हामी साथीभाइहरू बसेर चलचित्रको नायक अनी नायको कुरा गथ्र्यौ। दार्जिलिङ्गमा हामीले नेपाली चलचित्रको नायक अनी नायिका भनेर चिनेको जानेको नै नायक भूवन केसी र नायिका तृत्ती नाडकर हुनुहुन्थ्यो। हामी सबै उहाँहरूको फ्यान थियौँ।’

निरूताले आफूले सपनाको हिरो सँग डेब्यु चलचित्रमा नै काम गर्न पाउँछु भनेर कहिले नसोचेको पनि उल्लेख गरेकी छिन्। ‘म नयाँ कलाकारलाई भुवन केसीले जसरी सहयोग गर्नुभयो, त्यो देखेर म झनै उहाँको फ्यान भएँ। यसका लागि म आफैलाई भाग्यमानी ठान्दछु। भुवन दाइ हजुरले गर्नुभएको हर सहयोग अनी मायाका लागि मुरी मुरी धन्यवाद। हजुरको त्यो माया र सहयोग म मेरो जीवनको अन्तिम दिनसम्म पनि भुल्ने छैन। हजुर मेरो लागि रियल हिरो हो।’

नायिका सिंहले चलचित्र ‘दक्षिणा’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी थिइन्। जसमा नायक भुवन केसी थिए।