काठमाडौँ। सर्लाहीमा शनिबार राति दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भिर घाईते भएका छन् । उनको टाउकोमा चोट लागेको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ मा प्रदेश नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल र ज १ म २३३ नम्बरको मोटरसाइकल शनिबार राति आपसमा ठोक्किँदा लालबन्दी–५ बस्ने ५० वर्षीय व्रह्मदेव चौधरी र रौतहट ईशनाथ नगरपालिका ७ बस्ने ५५ वर्षीय नन्द किशोर साहको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका श्याम साह घाइते भएका छन्।

उनको धनुषाको महेन्द्रनगरमा उपचार भइरहेको सर्लाही प्रहरीले जनाएको छ।