काठमाडौँ। गायक प्रकाश सपूत नयाँ गीत ‘बदला बरिलै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। देवी घर्तीको स्वरमा रहेको गीतमा प्रकाश सपुतको शब्द तथा सङ्गीत रहेको छ। 

गीतले बलात्कार विरुद्ध आवाज उठाउने प्रयास गरेको छ। समाजका कतिपय परिस्थिति व्यक्तिहरूबाटै छोरीहरू बलात्कृत भइरहेका घटनालाई चित्रित गरिएको गीतमा अन्नततः अपराधीसँग समाजले बदला लिएरै छोड्छ भन्ने सन्देश दिन खोजिएको छ। 

गीतको भिडियोमा नायिका केकी अधिकारी र ध्रुब कोइराला मुख्य भूमिका रहेको छ। भिडियोको निर्देशन प्रकाश सपूतले नै गरेका हुन्।