लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने सम्भावना बढेको छ ।

जापानी टिकटक प्रयोगकर्ताका डाटाहरु चिनिया सरकारको हातमा पुगेको आरोपमा जापानी सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने सोँचमा पुगेको बताइएको छ।

गत महिना भारतले प्रतिबन्ध लगाएसँगै टिकटकको आलोचना सर्बत्र हुँदै आएको छ। अमेरिकाले समेत टिकटकमाथि बन्देज लगाउने तयारी गरिरहेको सुन्नमा आएको छ। त्यस्तै अष्ट्रेलिया सरकारलेपनी टिकटकमाथी कडा कदम अगाडि सार्ने सुन्नमा आएको छ।

उता टिकटकले भने आफ्नो प्रयोगकर्ताका डाटाहरु चीन सरकारलाई उपलब्ध नगराएको भन्दै आएको छ। अहिले सम्म चीन सरकारले प्रयोगकर्ताका डाटा उपलब्ध गराउन आग्रह नगरेको र आग्रह गरिहाले पनि उपलब्ध नगराइने भनेर स्पष्ट पारिसकेको छ ।

एजेन्सी