एजेन्सी। चिनियाँ कम्पनीबाट माइक्रोसफ्टले लोकप्रिय भिडियो एप टिकटकलाई किन्ने सम्भावित प्रस्तावलाई अस्वीकार गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति उक्त एपलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। ‘जहाँसम्म टकटकको कुरा छ, हामी त्यसलाई अमेरिकामा प्रतिबन्ध गर्दैछौँ,’ एयरफोर्स वानमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने।

यसका लागि उनले आपतकालीन आर्थिक शक्ति वा कार्यकारी आदेश प्रयोग गर्ने पनि बताएका छन्। उनले त्यस्तो आदेश कस्तो हुनेछ भनेर खुलाएको छैनन्।  

शुक्रबारको सुरुवातमा भने ट्रम्प प्रशासनका अधिकारीहरूले टकटकको मालिक रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई अमेरिकाको सञ्चालन र व्यवस्थापनको जिम्मा अमेरिकी कम्पनीलाई बेच्नुपर्ने आदेशमा ट्रम्पले हस्ताक्षर गर्न सक्ने अपेक्षा गरेका थिए। 

न्युयोर्क टाक्म्सका अनुसार माइक्रोसफ्ट टिकटक खरिदका लागि सम्पर्कमा रहेको छ।