काठमाडौँ। ‘पछि पछि’को सफलता पछि गायक पदम राई र गायिका मेलिना राईको आवाजमा रहेको ‘सखर-चिनी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको मुख्य भूमिका रहेको छ।

डिपी खनालको शब्द रहेको यस गीतमा शङ्कर थापा स्माइलको सङ्गीत रहेको छ। गीतलाई सुमन केसीले एरेन्ज गरेका हुन्। गम्भिर बिष्टले निर्देशन गरेका यस भिडियोमा सुबोल थापाको कोरियाग्राफी रहेको छ। 

भिडियोलाई नवराज उप्रेतीले खिचेको हुन भने नवीन निरौलाको सम्पादन गरेको छ।