अस्वेतहरुको हक र अधिकारका लागि आफ्नो जीवन समर्पण गरेका नेल्सल मण्डेला विश्वचर्चित व्यक्तित्व हुन्। दक्षिण अफ्रिकाको राष्ट्रपतिदेखि नोबेल पुरस्कारको उपाधीसम्म हात पार्न सफल भएका मण्डेलाको सन् २०१३ मा ९७ वर्षको उमेरमा देहान्त भएको थियो। १८ बर्षसम्म जेल जीवन ब्यतीत गरेका नेल्सन मण्डेलाले दिएका केही जीवन उपयोगी सल्लाहहरु यस अनुरुप छन्:

१. सधैँ सानै र सिक्दै छु भन्ने सोच्नु:

भनिन्छ नि, फलेको वृक्ष निहुरिन्छ त्यस्तै महान् व्यक्ति भनेको सानै र सिकारू हुन्छ भन्ने नसोच्दासम्म हामी कहिल्यै महान् हुन सकिदैन । त्यसैले आफूलाई सधैँ सानो र सिक्दै हुँ भन्ने ठान्दा जीवनमा धेरै सफलता प्राप्त हुन सजिलो हुन्छ।

२. पटक–पटक लडेर उठ्नुमा नै सफलता छ:

हिंड्ने मान्छे लड्छ। पटक–पटक लडेर एउटा ठूलो पहाड चढेपछि चढ्नका लागि अझै थुप्रै पहाडहरु बाँकी छन् भन्ने थाहा हुन्छ । कहिल्यै नलडेर बाँच्नुमा भन्दा पटक–पटक लडेर उठ्दा जीवनमा धेरै खुसी प्राप्त हुन्छ । यदि अरूको सफलताको मूल्यांकन गर्नु छ भने ऊ कतिपटक लडेर त्यहाँसम्म पुग्यो भन्ने कुराको मूल्यांकन गर्नुपर्छ।

३. डर, साहस र बहादुरी:

नडराएर बहादुर बन्न नखोज। डरलाई सामनागर्दै अघि बढ। साहस भनेको नडराउनु मात्र हैन, यो त डरको बाबजुत जित प्राप्त गर्नु हो। डराउनु आँफैमा गलत हैन तर आफ्नो डरलाई यति सम्म नबढाउकी आफ्नो पाइला नै अगाडि नबढोस् ।

४. शिक्षा र स्वास्थ्य:
शिक्षा एक त्यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले हामी यो संसारसँग जुध्न सक्छौ। स्वस्थ शरीरमा अलिकती कलम चल्न पायो भने त्यो कलम हतियार भन्दा सक्तीशाली साबित हुन्छ।

५. इमानदारिता र स्वतन्त्र:
जिन्दगी बाँच्नका लागि जहिले पनि म बाँच्नका लागि अब्बल छु भनेर सोच्नु पर्छ। स्वतन्त्र जीवन जिउने अधिकार सबैको हुन पर्छ तर स्वतन्त्र जीवनमा इमानदारिता सदैब रहेको हुन पर्छ। स्वतन्त्रता र इमानदारिता एक अर्काका परीपुरक हुन् ।