अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस अहिले विश्वका सर्वाधिक धनी र सर्बाधिक प्रेरणादायी व्यक्ति हुन्। उनले आफ्नो संघर्शका केही किस्साहरु एक कार्यक्रम मार्फत साटासाट गरेका छन्।

न्युयोर्कस्थित एक इन्भेस्टमेन्ट कम्पनीको राम्रो सुबीधा सम्पन्न जागिर छाडेर सन् १९९४ मा बेजोसले अमेजनको कम्पनीको स्थापना गरेका थिए।

उनको भनाइ अनुसार, ‘दशौँ लाख शीर्षकसहित अनलाइन बुक स्टोर स्थापना गर्ने अवधारणा जो त्यसअघि कहिल्यैपनि अस्तित्वमा थिएन मेरो लागि निकै उत्साहवर्धक थियो ।’

आफ्नै कम्पनी स्थापना गर्ने सोच लिएर उनले जागिरबाट राजीनामा दिने निर्णय गरेपछी जब इन्भेस्टमेन्ट कम्पनीका आफ्ना हाकिमलाई सुनाए तब उनका हाकिम अचम्ममा परे। अमेजन जस्तो कम्पनी खोल्ने सोच भनेको कुनै राम्रो जागिर नभएको मानिसको लागि मात्रा उपयुक्त हुन्छ भनेर हाकिमले सल्लाह दिए।

तर बेजोसले इन्टर्नेटको भबिश्य देखीसकेका थिए। उनले यो दौडमा सहभागी नहुँदा आफु धेरै पछी पर्ने सोची सकेका थिए। बेजोसले आफ्नो र आफ्नो परिवारको जीवनभरको कमाइ आफ्नो कम्पनीमा लगानी गर्ने निर्णय लिगी सकेका थिए ।

अमेजनमा लगानी गर्नका लागि मानिसहरुलाई सहमत बनाउन पनि उनलाई निकै दु:ख भयो । त्यस समय सबै मानिसको साझा प्रश्न थियो, “यो इन्टरनेट भनेको चै के हो? “

स्थापना भएदेखि सन् २००१ सम्म अमेजन कम्पनी घाटामै थियो तर २००९ पछी जब इन्टरनेट प्रयोगकर्ताको एक्कासी ब्रिधी भयो, तब अमेजन कम्पनीले फाईदाको लागि पछाडि फर्केर कैले पनि हेर्न परेन । आफ्नो कम्पनीको सफलतामा धेरै जनाले सहयोग गर्नु भएकोमा व्यहा सबै जना प्रती आभारी भएको बताउनु भयो ।

एजेन्सी