एजेन्सी
लन्डन, साउन १६ । आयरल्यान्डसँगको एकदिवसीय सिरिजको प्रथम खेलमा घरेलु टिम इंग्ल्यान्डले ६ विकेटको विजयी सुरुवात गरेको छ।

साउथह्याम्टनमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ४४.४ ओभरमा १७२ रनमात्र बनाउन सफल भयो। उसका लागि कुर्टिस काम्फरले मात्रा ५० रन माथिको रन जोड्न सके ।

बलिङमा इंग्ल्यान्डका डेभिड विलीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए। उनी प्लेयर अफ दि म्याच पनि घोसित भए। विश्वकप बिजेता इंग्ल्यान्डले १७३ रनको लक्ष्य २७.५ ओभरमा ४ विकेटको क्षतिमा सजिलै पूरा गर्यो। उसका लागि साम बिलिङ्ग्सले नटआउट ६७ रन र कप्तान इयान मोर्गानले नटआउट ३६ रन बटुले जस्ले गर्दा जितको लक्ष्य सामान्य रुपमा पुरा भयो ।