एजेन्सी। घरेलु टोली इङ्ल्यान्ड तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा ६ विकेटले विजयी भएको छ। आयरल्यान्डले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य पछ्याएको इङ्ल्यान्डले २७.५ ओभरमा मात्र ४ विकेट गुमाएर उक्त लक्ष्य भेट्टाएको हो।

साउथह्यामटनमा भएको खेलमा घरेलु टोलिको जितका लागि साम विलिङस अर्धशतकीय पारी खेले। उनले ५४ बलमा ११ चौका प्रहार गर्दै ६३ रनको अर्धशतकीय पारी खेलेका हुन्।

त्यसैगरि कप्तान इयोन मोर्गन ३६ रनमा अविजित रहे। उनले ४० बलमा चार चौका र दुई छक्का प्रहार गरे। जेम्स भिन्सले २१ बलमा पाँच चौकासहित २५ र जेसन रोएले २२ बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान दिए।

आयरल्याणन्डका लागि क्रेग योङले दुई विकेट लिए। त्यस्तै एन्डि म्याकब्रिने र कुर्टिस क्याम्पेरले समान एक एक विकेट लिए।

म्याकब्रिनेले ४८ बलमा तीन च्सुका र एक छक्का सहित ४० रन जोडे। त्यस्तै गारेथ डिलनी र केभिन ओब्रायनले समान २२-२२ रन जोड्दा क्रेग योङले ११ रनको योगदान दिएका थिए। अन्यले ब्याट्सम्यानले भने दोहोरो अंकमा रन सुन सकेनन्।

आयरल्यान्डलाई सस्तैमा समेट्न इङ्ल्यान्डका डेभिड विल्लीले ५ विकेट लिए। त्यस्तै साकिब मसुदले २, टम कुरान र आदिल रसिदले एक एक विकेट लिए । यससँगै इङ्ल्यान्ड तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। दोस्रो खेल अब शनिबार हुने छ।