काठमाडौं। विश्वभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ७० हजार १ सय ५२ पुगेको छ। संक्रमितको संख्या बढेर १ करोड ७१ लाख ८४ हजार ७ सय ७० पुगेको छ। संक्रमितमध्ये १ करोड ६ लाख ९६ हजार ६ सय ४ जना उपचारपछि घर फर्किएका छन् भने ६६ हजार ३ सय ९२ जनाको अवस्था गम्भीर छ।

सबैभन्दा धेरै अमेरिकामा १ लाख ५३ हजार ८ सय ४० जनाको ज्यान गएको छ। ब्राजिलमा ९० हजार १ सय ८८, भारतमा ३५ हजार ३, रसियामा १३ हजार ६ सय ७३, मेक्सिकोमा ४५ हजार ३ सय ६१, पेरुमा १८ हजार ८ सय १६ र स्पेनमा २८ हजार ४ सय ४१ जनाको ज्यान गएको छ।