एजेन्सी। ओलम्पिकको मुख्य लोगो एक लाख ८५ हजारमा लिलाम भएको छ । लिलाम फ्रान्समा भएको हो।

यस ओलम्पिक लोगोलाई आधुनिक ओलम्पिकका संस्थापक पियरे द कूबर्टिनले सन् १९१३ मा बनाएका थिए। यस लोगोलाई सन् १९२० मा बेल्जियममा आयोजना भएको ओलम्पिकमा सार्वजनिक गरिएको थियो।

लोगोमा समावेश गरिएका पाँच निलो, पहेँलो, कालो, हरियो र रातो सर्कललाई ओलम्पिकको प्रतीक मान्‍ने गरिन्छ। यी लोगोमा समावेस गरिएका सर्कलले पाँच प्रमुख महाद्वीपलाई दर्साउने गर्द।

क्यानेन्स अक्सनका एसोसिएट डिरेक्टर एलेक्जेन्डर डेबुसीले ओलम्पिक लोगो ब्राजीलको कलेक्टरले खरिद गरेको जनाएकाा छन्। यसअघि ओलम्पिक मेनिफेस्टो गत वर्ष डिसेम्बरमा ८ मिलियन डलरमा लिलाम गरिएको थियो।