काठमाडौं – वेस्ट इन्डिज र इंग्ल्यान्डको तीन खेलको टेस्ट सिरिज घरेलु टिम इंग्ल्यान्डले जितेको छ। मंगलबार सकिएको निर्णायक खेलको तेस्रो सिरिजमा वेस्ट इन्डिजलाई २६९ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज २-१ ले जितेको हो।

तेस्रो सिरिजमा इंग्ल्यान्डले पहिलो इनिङमा ओले पोपको ९१ रन, जस बटलरको ६७ रन, रोरी ब्रन्सको ५७ रन र स्टुआर्ट बोर्डको ६२ रनको मदतले ३६९ रन बनाउन सफल भएको थियो। त्यस्तै दोस्रो इनिङमा २ विकेटको क्षतिमा २२६ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो। जवाफमा ३९९ रनको पहाड जत्रो लक्ष्य पछ्याएको वेस्ट इन्डिज १२९ रनमै अलआउट भयो। जेरमान ब्लाकवोडले २३ रन बनाउन बाहेक अन्य खेलाडी सस्तैमा समेटिए। वेस्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा क्रिस वोक्सले ५ तथा स्टुआर्ट ब्रोडले चार विकेट लिएका थिए ।

इंग्ल्यान्डका लागि स्टुवार्ड बोर्डले पहिलो इनिङमा ६ विकेट र दोस्रो इनिङमा ४ विकेट गरि कुल १० विकेट लिन सफल भए, जससँगै उनले टेस्ट क्रिकेटमा ५०० विकेट पूरा गरे। इंग्ल्यान्डका स्टुआर्ट ब्रोड र वेस्ट इन्डिजका रोस्टन चेसलाई संयुक्तरुपमा प्लेयर अफ द सिरिजको खीताब दिइएको छ।