काठमाडौँ। नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने सीपीएलका लागि ट्रिनिडाड एण्ड टोबागो जाने भएका छन्। उनी बिहीवार बिहान १० बजे कोरियन एयरमार्फत कोरियाको सोलहुँदै प्रस्थान गर्ने बताइएको छ।। 

उनी त्यहाँबाट अमेरिकाको ट्रान्जिट हुँदै जानेछन्। उनी अगस्ट १ तारिखमा गन्तव्यमा पुग्नेछन्। क्यारेबियन प्रिमियर लिग ९सीपीएल० मा उनले यसपाला जमैका तहल्लाबाजबाट खेल्ने छन्। जसका लागि उनले १ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम पाउनेछन्।

लामिछाने त्यहाँ पुगेपछि १५ दिन क्वारेन्टाइनमा बस्नेछन्। सीपीएल अगस्ट १५ बाट सेप्टेम्बर १० सम्म हुनेछ। सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन्। सीपीएलमा कुल ३३ खेल हुने छन्। कोरोना भाइरसका कारण ती सबै खेल दर्शकबिना खेलाइने छन्।

सन्दीप तेस्रो पटक सीपीएल खेल्ने तयारीमा छन्। उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सबाट खेलेका थिए।