काठमाडौँ। बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार छापावाल सुन तोलामा ९८ हजार ५०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको हो। 

मङ्गलबार छापावाल सुन तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसैबीच बुधबार चाँदीको मूल्यमा भने गिरावट आएको छ। 

मङ्गलबार १२ सय ४५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर १२ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।