काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ५७ हजार ५ सय २ पुगेको छ । संक्रमितको संख्या बढेर १ करोड ६६ लाख ८९ हजार ५ सय ३३ पुगेको छ । संक्रमितमध्ये १ करोड २ लाख ७५ हजार २ सय ९१ जना उपचारपछि घर फर्किएका छन् भने ६६ हजार ५ सय ५३ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा १ लाख ५० हजार ५ सय १५ जनाको ज्यान गएको छ । त्यस्तै ब्राजिलमा ८७ हजार ७ सय ३७, भारतमा ३३ हजार ५ सय ३७, रसियामा १३ हजार ५ सय ४, मेक्सिकोमा ४४ हजार २२, स्पेनमा २८ हजार ४ सय ३४ र बेलायतमा ४५ हजार ७ सय ५९ जनाको ज्यान गएको छ ।