बेइजिङ, साउन १३ । कोरोना भाईरसबाट सबैभन्दा पहिले प्रभाभित बनेको बेइजिङ्गमा अर्को महिनाबाट फुटबल प्रतियोगिता “३७औँ बेइजिङ रात्रि वाइडुई कप” सम्पन्न हुने तयारी जारी रहेको जानकारी सरकारी अधिकारीहरुले दिएका छन् ।

युवा तथा बाल खेलाडीहरुले खेल्ने फुटबल प्रतियोगिताको रुपमा रहेको यस बाइडुई कप आगामी अगस्टको १९ तारिखदेखि शुरु हुने जनाइएको छ ।

कोरोनाभाइरसको भयका कारण कतिपय सुरक्षा सतर्कता अपनाउनु पर्ने अवस्था हुँदाहँदै पनि खेलाडी र दर्शकमा जागर र उर्जा थप्नको लागि फुटबल प्रतियोगिता गर्न लागिएको हो ।