१३ साउन, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड किलियन एमबाप्पे जस्ले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई विश्वकप जिताउन सफल भएका थिए, अब उनी युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको खेल गुमाउने भएका छन् । दायाँ गोडाको गोलीगाँठोमा लागेको चोटका कारण कारण एमबाप्पेले आगामी अगष्ट १२ मा हुने इटालियन क्लब एटलान्टाविरुद्धको खेल खेल्न नसक्ने भएका हुन् र लग्भग तीन हप्ता मैदान बाहिर बस्नेछन् ।

उनलाई सेन्ट एटिनेका डिफेन्डर लोइक पेरिनले खराब ट्याकल गरेका कारण आफ्नो गोडाको गोलीगाँठोमा चोट लागेको थियो । यस्ले गर्दा एमबाप्पे धेरै समयसम्म मैदानमा टिक्न सकेनन् । ब्राजिलका उत्कृष्ट खेलाडी नेमारको एक मात्र गोलको सहायतामा पिएसजीले उक्त खेल जित्दै उपाधि जितेको थियो । तर, पीएसजी सेमिफाइनलमा पुगे अगष्ट १८ मा हुने खेलका लागि एमबाप्पे आफ्नो खेलमा फर्कन सक्ने सम्भावना रहेको बताइएको छ।

स्क्यानहरुबाट यो थाहा भएको छ कि उनको गोलीगाँठोको बाहिरी लिगामेन्ट च्यातिएको छ । पिएसजीले बक्तब्य जारी गरेर भनेको छ, ‘एमबाप्पे तीन हप्ता साइडलाइन हुने देखिएको छ ।’