एजेन्सी। बार्सिलोनाका लिजेण्ड जाभी हर्नान्डेज कोरोना सङ्क्रमणको पुष्टि भएको छ। ४० बर्षिया जाभीले आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी दिदैँ आफूलाई सेल्फ आइसोलेसनमा रहेको पनि जानकारी दिएका छन्।

हाल कतारको क्लब क्लब अल साडको म्यानेजर रहेका जाभीलाई कोरोना परिक्षणमा पोजेटिभ देखिएपनि कुनै लक्षण भने नभएको बताएका छन्।

जाभीले भनेका छन्, ‘केही दिन अघि मेरो कोरोना रिपोर्ट पोजेटिभ आएको छ। भाग्यवश म ठिक छु। तर स्वास्थ्य प्रोटोकलका कारण म यसबाट ठिक नभएसम्म आइसोलेसनमै रहने छु।’