१। पल्पसा क्याफे : नारायण वाग्ले :
पल्पसा क्याफे नारायण वाग्ले द्वारा लिखित नेपाली चर्चित उपन्यास हो । यस उपन्यासमा तत्कालिन नेपाली द्वन्दको चित्रण गरिएका छ । माओवादी युद्धताकाका एक चित्रकार प्रमुख पात्रका रुपमा रहेको यो उपन्यास पुरै उनको वरिपरि घुमेको छ । तत्कालीन माओवादी युद्ध, राजदरबार हत्याकाण्ड र त्यसले आम सर्वसाधारण जनतमा पारेको असर र विद्यमान सामाजिक अवस्थिती जस्ता समसामयिक बिषयहरू समावेश गरिएको छ । साथै यस उपन्यासमा प्रेमको कुरा पनि गरिएको छ, यस्तो प्रेम जस्ले मानिसलाई जिन्दगीमा उर्जा दिने काम गर्छ ।

२। विनोद चौधरी : विनोद चौधरी :
विनोद चौधरीद्वारा लिखित विनोद चौधरी एक आत्मकथा हो । यस पुस्तकमा उनका जीवनका अनुभव, भोगाइ र राजनीतिक, सामाजिक एवं आर्थिक विषयवस्तु समेटिएका छन् । यस पुस्तकले एक साधारण ब्यक्ती कसरी एक सफल व्यक्ति बन्न सक्छ भन्ने कुराको प्रेरणा दिन्छ ।

३। समर लभ : सुबिन भट्टराई
समर लभ नेपाली उपन्यास क्षेत्रमा नयाँ आयाम ल्याउने उपन्यास हो । यस उपन्यासको मुख्य बिषय बस्तु भनेको प्रेम हो र यो उपन्यासले विश्वबिद्यालयमा हुने प्रेम सम्बन्धको वास्तविक चित्रण गरेको छ ।

४। कर्नाली ब्लुज : बुद्धिसागर
कर्नाली ब्लुज बुद्धिसागरद्वारा लेखिएको उपन्यास हो । यस उपन्यासमा लेखकले पश्चिम नेपालको तराईको गाउँ देखि विकट जिल्ला कालिकोटको पहाडी परिवेश बनाइएको छ । विकासको प्रवेशले नयाँ बस्तीको निर्माण र विस्थापनलाई पनि देखाएको छ । पुरानो पुस्ताको अवसान र नयाँ पुस्तालाई आएका चुनौतीको पनि सङ्केत गरेको छ । साथै यस उपन्यासमा बाल्यकालमा गरिने चन्चल स्वोभाबको पनि बिशेष उल्लेख गरिएको छ।

५। चिना हराएको मान्छे : हरिवंश आचार्य
चिना हराएको मान्छे नेपाली हाँस्यव्यङ्ग्य कलाकार हरिवंश आचार्यको जीवनी हो । पुस्तक आचार्यको आत्मवृत्तान्तमा केन्द्रित भई बाल्यकाल, , आमाको देहान्तले मनमा आएको पिडा, आफूलाई सफल कलाकार बनाउन भोगेका समस्या, मदनकृष्ण श्रेष्ठसँग भएको परिचय, विवाह, जीवनवृत्ति, श्रीमती को निधन, दोस्रो विवाह र अन्य अन्य विषयलाई समावेश गरिएको छ । यस पुस्तकले जीवनमा आउने समस्यालाई कसरी सामना गर्न सकिन्छ भनेर सिकाएको छ ।