अेजेन्सी: इंग्लिस प्रिमियर लिगको च्याम्पियन टिम लिभरपुलका कप्तान जोर्डन हेन्डर्सनलाई ‘फुटबल राइटर्स एसोसिएसन मेन्स फुटबलर अफ दि इयर’ को अवार्ड प्रदान गरिएको छ। उनले २५ प्रतिशत भोट पाउँदै अवार्ड जितेका हुन्। अवार्ड पाएपछि उनले खुसी ब्यक्त गर्दै आफ्नो टिमका साथीभाइ र आफ्नो प्रसन्शकलाई धन्यवाद दिएका छन्।

अवार्डको शीर्ष पाँच भित्र लिभरपुलकै भान डाइक र साडियो माने, म्यानचेस्टर सिटीका केभिन डे ब्रुनी र म्यानचेस्टर युनाइटेडका मार्कस रास्फोड पर्न सफल भए।

बुधबार राति चेल्सीलाई ५-३को गोल अन्तरले पराजित गरेपछि लिभरपुलले यस सिजन प्रिमियर लिगको ट्रफी आफ्नो नाममा गरेको हो । कप्तान हेन्डरसन आधुनिक प्रिमियर लिग सुरु भएपछि उक्त ट्रफी उचाल्ने लिभरपुलका पहिलो कप्तान बने ।