मोटोपन रहितको स्वस्थकर जीवन बाँच्नका लागि तलका बिधी नियमित अप्नाउन सकिन्छ:

१। दैनिक सन्तुलित भोजन खानुहोस्

  • मैदाबाट बनेका, रिफ्राइड गरिएका परिकारहरू सकेसम्म नखानुहोस्।
  • बिहानको नास्ता नियमित रूपमा खानुहोस्।
  • खाना पकाउदा तेलको उपयोग कम गर्नुहोस्।
  • दिउसो सुत्ने काम नगर्नुहोस् ।
  • रेसादार खानेकुरा बढी मात्रामा खानुहोस्। जस्तैः हरियो सागसब्जी, फलफूल, सलाद, खोस्टासहितको अन्न र गेडागुडी दैनिक रूपमा खानुहोस्।
  • खानामा अन्नको मात्रा कम गरी सागपात, सलादकोमात्रा बढाउनुहोस्।
  • दूध खादा दूधको तर नखानुहोस् वा कम चिल्लो भएको दूध खानुहोस्।

२। शारीरिक व्यायाम गर्नुहोस्:

  • शारीरिक व्यायामले शरीरमा भएको अनावश्यक बोसोलाई घटाई शरीरलाई स्वस्थ राख्छ ।
  • शारीरिक तथा मानसिक रूपमा स्वस्थ तथा फुर्तिलो बनाइराख्छ ।
  • रक्तनलीलाई स्वस्थ राखी मुटु रोग तथा ह्दयाघातबाट बचाउन मद्दत गर्छ ।

३। चिन्ताबाट टाढा बस्नुहोस्, आफुलाई श्रीजनात्मक र बौधिक कार्य तर्फ अगाडि बढाउनुहोस् ।