बर्तमान परिस्थितीमा प्राकृतिक सौन्दर्यले तथा कलाले जती भरीपूर्ण छ हाम्रो राजधानी त्यती नै प्रदूषणले ग्रशित बनेको छ । पुराना सवारी साधनले भरिभराउ बनेको काठमाडौंमा अन्धाधुन्द नयाँ गाडी भित्राउने ,हिटी, ढुंगेधारा, खुला ठाउँ, चोक, सरकारी जग्गा मास्ने क्रम जारी रहदा पूरा उपत्यका कुरूप बन्दै गएको छ । आज युरोप, अमेरिका, जापान, चीन लगायतका समृद्ध मुलुकहरूले घना बस्ती भएका ठाउमा साइकल यात्रालाई उच्च प्राथमिकता दिइरहेका छन्। जापानकै कुरा गर्दा झन्डै १ करोड ३५ लाख जनसंख्या भएको टोकियो सहरमा जताततै आनन्दसँग साइकल चढ्न सकिने व्यवस्था मिलाइएको छ, जसलाई गर्वसाथ जापानले प्रचार–प्रसार गरिरहेको छ । उता चीनमा जनसंख्याभन्दा साइकलको संख्या बढी भएको बताइन्छ । हामीले पनि आफ्नो शहरको रुप बदल्न चाहने हो भने साइकललाई प्राथमिकता दिन एकदम जरुरी छ। हामीले साइकललाई प्राथमिकता दिन निम्न कुरामा ध्यान दिन सकिन्छ :

१। सवारी साधनमा जोर/बिजोर प्रणाली कडाइका साथ लागु गर्ने ।
२। सरकारी कर्मचारीलाई सकेसम्म कार्यालय आउदा / जाँदा साइकलको प्रयोग गर्ने लगाउने ।
३। राजधानीको ब्यस्त सडकमा साइकल मार्ग निर्माण गर्ने ।
४। राजधानीको पहाड छेउछाउमा साइकल दौड प्रतियोगिता सन्चालन गर्ने ।
५। साइकल यात्रालाई बिद्यालय स्तरमा प्रोत्साहन गर्ने ।