-पेम्बा शेर्पा


शेर्पा समुदाय हिमाली वातावरणको सेरोफेरोमा रहने एक विशिष्टत समुदायको रूपमा परिचित संगै शेर्पा समुदायलाई संस्कृतीको धनि जातिको रूपमा परिभाषित गरिन्छ । जुन अन्त्रगत म स्वयं पर्छु आज शेर्पा समुदाय विश्वभर फैलिसकेको अवस्थामा छ । २०६८ को जनगणना अनुसार शेर्पाहरुको जनसंख्या एक लाख बाह्रा हजार नौ सय छयालिस रहेकोे देखिन्छ भने अझै तीब्र रूपमा जनसंख्या बढ्दै गएको हामीले देख्न सक्छौं । सन् १९५३ मे २९ मा शेर्पा समुदायमा जन्मेको तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्ड नागरिक एडमन्ड हिलारीले सगरमाथा (चोमोलुङ्म)मा सफल आरोहण गरेपछि शेर्पा समुदाय बाहिरि देशहरूमा लोकप्रिय हुन पुगेको छ । त्यसैले कमै होला जहाँ शेर्पा समुदाय को बसोबास नरहेको ठाउँ।

शेर्पा समुदायको आफ्नै रहनसहन संस्कार ,संस्कृती र आफ्नै जीवनशैलीमा जीवन यापन गरेको देखिन्छ । समुदायको संस्कार,संस्कृतिलाई बिश्वभर प्रचलनमा ल्याउनको लागि तपाईं हामीले केही महत्वपुर्ण सोच ,योजना र लक्ष्य लिएर अगाडि बढ्नुपर्ने देखिन्छ । आज बिश्वमा नयाँ प्रविधिले प्रभाव पार्दै लगेको अवस्थामा विशेषगरि आम शेर्पा युवाले समुदायको भेष भुषा, भाषा, धर्म, संस्कार र सँस्कृतिको संरक्षणको निम्ति विभिन्न क्रियाकलापहरुसंगै केहि नयाँ शैली र लक्ष्य लिन आवस्यक छ। आधुनिक युगमा शेर्पा सँस्कृति सानो घेरामा बांधिएर रह्नु हुँदैन। व्यापक र विस्तृत रूपमा शेर्पा समुदायको संस्कार ,संस्कृतिले संसारभरि युवाहरुले स्थापित गर्नुपर्छ र सांस्कृतिको रुपान्तरण हुनु आजको आवश्यक हो। शेर्पा संस्कृति र सभ्यतालाई नयाँ शैलीबाट अगाडि बढाउन सक्ने हो भने यस्को महत्व फरक हुनेछ बन्ने बिश्वास छ मलाई । र नयाँ पुस्ताले यसबारेमा चिन्तन र अब्यास गर्नु जरुरी छ,भने समयअनुसार हाम्रो संस्कृतिमा परिवर्तन र भावनाको विकास गराउन गरिनुपर्छ। यदि समयअनुसार हाम्रो संस्कृतिलाइ अझ थप सरल ,सहज र समानुपातिक ढंगबाट लान सकिएमा नयाँ पुस्ताले हाम्रो संस्कार तथा संस्कृतिप्रती आकर्षण भएर प्रतिबद्ध भइ यसको मह्त्व र पर्बद्नन हुने आशा छ। यो भन्दै गर्दा मलाई एउटा भनाइ याद आयो पू्र्खाले भन्नु हुन्छ रे महलमा बस्नु छ भने पहिला सानो जुब्रो बाट शुरु गर्नु तेसैले अब हामी सबैले शेर्पा संस्कार संस्कृतिको संरक्षण तथा प्रबधन गरि भावी पुस्तासम्म लगेर राष्ट्रिय पहिचानको रूपमा स्थापित गराउनका लागि हामी सबै अगाडिको पाईला सार्न प्रत्ना गर्न आग्रह पनि छ ।अनि मात्र हाम्रो संस्कार संस्कृतिको विकास हुन्छ संरक्षण हुनेछ।

हामी शेर्पा समुदायहरु सबैलाई माया र सम्मान गर्ने जतिको रूपमा नि परिचित छौ। हामीले जति बिदेशी जीवनको चित्रण,सम्मान गर्छौ त्यसरी नै हामीले आधुनिक शेर्पा संस्कार संस्कृतीलाई अझ थप माया र सम्मान गर्नु पर्छ । मेरा आफ्ना धारणामा बिदेशी रहन सहन त्याग्नै पर्छ बन्ने भावना पक्कैपनि हैन ।सबैले एक अर्कोमा सबैलाई सम्मान र माया गर्नै पर्छ तर जसरी हामी बिदेशी चित्रण अनि सभ्यताको आधार गर्छौ तेसरी नै हामीले आफ्नो शेर्पा जातिको रहनसहनलाई शेर्पा आधुनिक शैलीबाट परिवर्तन गर्न हो भने हामिलाई अरु देशको चित्रण र बिदेशी जीवन यापन गर्ने शैलीलाई पछ्याउनु पर्दैन होला जस्तो लाग्छ। तर विडम्बना शेर्पा संस्कृतिलाइ संरक्षण र सम्बर्दन गर्नका लागि सरकारी सहयोग भएको पाइँदैन ।सरकारले जसरी निस्वार्थ रूपमा सहयोग गर्नुपर्थ्यो त्यो शेर्पा समुदायमा कति पनि गरेको पाइदैन । व्यात्तिगत पहल र समाजको सकृयताले नै शेर्पाको धर्म,संस्कृती,रहनसहन र परम्पराको संरक्षण भएको हामीले देखेका पाइन्छौ । जहाँसम्म लाग्छ अब हामी युवाहरूको तीब्र जमातलाई आफ्नो संस्कार संस्कृतितर्फ आकर्षण गर्ने र समृद्धि अभियानमा सरिक गरौन हामीले निस्वार्थ र सेवामूलक वातावरण तय गर्न सक्छौ ।

विकासका मुल ढोका खोल्ने शुभ संकेतको रूपमा शेर्पा समुदायको युवाहरुको योग्य जनशक्तिको सम्भावना तीब्र गतिविधिमा बढेको हामी अनुभुति गर्ने सक्छौ । यस अवस्थामा हामीले डुङ्गा जस्तो गह्रुङ्गो हैन फुल जस्तै हलुका भएर आफ्नो संस्कृति संस्कारलाई माया गरुम यदि हामी डुङ्गा जस्तो कठोर भैदियो भने कसैले आफ्नो टाउकोमा रख्दैन तेसैले हामी फुल जस्तै सुन्दर अनि हलुको हौँ अनि सबैले आफ्नो शिर या टाउकोमा राख्ने छन् ,जो जहाँ रह्न्नु भएता पनि आफ्नो ठाँउबाट जति सक्नुहुनेछ कति पनि कन्जुस्याइँ नगरी आफ्नो संस्कार संस्कृतिलाई माया गरम आधुनिक शैलीबाट यसको बिकास अनि प्रबधन गर्नमा सक्दो मद्दत गरुम धन्यवाद ।