काठमाडौं । मुलुकको शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ । मुलुक बाहिरिने भन्दा भित्रिने रकम बढी भएपछि शोधनान्तर बचतमा रहन्छ । शोधनान्तर बचतमा रहनु मुलुकको समग्र अर्थतन्त्रका लागि सुखद् पक्ष हो । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७६–७७ को ११ महिनाको तथ्यांक सार्वजनिक गर्दै आयात १५.३प्रतिशत ले घटेको र निर्यात भने ०.२प्रतिशत ले बढेको जानकारी गराएको छ ।

यता, विदेशबाट आउने (रकम) रेमिटेन्स ३प्रतिशत ले घटेको छ । यसअवधिमा उपभोक्ता मूल्य वृद्धिदर ४.५४प्रतिशत रहेको छ । तर ११ महिनाको औसत मूल्य वृद्धिदर भने ६.२८प्रतिशत छ । चालु खाता घाटामा पनि सुधार भएको छ ।