एजेन्सी। मानिस सानो खुशीका लागि जिन्दगीलाई बन्दगी राख्न तयार हुन्छ। अलिकति खुशीका लागि पैसाको खोलो बगाउँछ। तर त्यही खुशीको खोजीमा जिन्दगी बितेको पत्तो पाउँदैन। तर खुशी नै बन्ने हो भने आफूलाई अनुशासित राखे काफी छ।

फ्रान्सका वैज्ञानिक म्याथ्यु रिकार्ड सन् १९९१ मा आफ्ना गुरु परलोक हुँदा दुःखी भएका थिए। ७२ वर्षका म्याथ्युले भनेका छन्, ‘म सन् १९९१ मा मेरा गुरु दिल्गो यिस्तेन रिन्पोचेको निधन हुँदा दुःखी भएँ त्यसपछि भएको छैन।’ उनी सन् १९७२ मा दार्जिलिङ आएका थिए। त्यहाँ उनका शिक्षकले उनलाई खुशी रहन सिकाए। त्यसपछि उनी कहिल्यै दुःखी भएनन्।

म्याथ्युका बारेमा अमेरिकी विश्वविद्यालयले १२ वर्ष लगाएर गरेको अध्ययन अनुसन्धानबाट उनी विश्वकै सबैभन्दा खुशी व्यक्ति कहलिएका छन्। अध्ययनका क्रममा विश्वविद्यालयका अनुसन्धाताले म्याथ्युको दिमागमा २५६ वटा सेन्सर लगाएका थिए । त्यसबाट पत्ता लाग्यो उनको दिमागमा खुशी राख्ने त्यस्तो गामा तरंग रहेछ जुन दुःखका बेलामा पनि खुशीको स्तर बढाउन सक्रिय हुने।

म्याथ्युले खुशी रहने पाँच तरिका पनि सिकाएका छन्। ती तरिका सारै साधारण छन्।

१, बिहान दैनिक उठ्न बित्तिकै एकदेखि दुई मिनेटसम्म ठूला आँखा खोलेर सीधा हेर्नुस्। (खासगरी पहेंलो रंगको आकृतिलाई देख्दा राम्रो, त्यसपछि आँखा ३० सेकेन्ड बन्द गरेर खोलेपछि आफ्नो दैनिकीमा लाग्न सकिने ) पहेंलो रंगले खुशी र भविश्यको आशालाई प्रतिविम्बित गर्छ।

२, प्रत्येक घण्टा १० सेकेन्ड मायापूर्ण अभ्यास गर्ने (बिहान उठेदेखि सुत्नुअघिसम्म)। आफू बसिरहेको ठाउँबाट उठेर पहिले हात माथि गर्ने अनि आफ्नो कुनै सामाजिक प्राप्तिका बारेमा सोच्ने। अनि नोट गर्ने।

३, आफूले जसलाई सबैभन्दा बढी मन पराइन्छ (जस्तै छोराछोरी, आमा, बुबा, श्रीमती, श्रीमान् वा जोसुकै आफ्नो ) उनको खुशी झल्किएको वा हाँसेको तस्वीर एक मिनेटसम्म हेर्ने । दिनमा २–३ पटक हेरे पुग्ने। जतिबेला आफूलाई तनाव महसुस हुन्छ तब यो प्रक्रिया अपनाउने यसो गर्दा दिमागमा कुनै सोच नराख्ने। तस्वीर नसके केरा हेरे पनि हुन्छ। अर्थात् झ्यालबाहिर जे छ। घाँस नै सही।

४, चकलेट खाने। यदि आफूलाई तनाव महसुस भएको छ भने चकलेट खाऔं। सकेसम्म कालो चकलेट खाने हो भने त्यसले छिटै काम गर्छ। चकलेटमा हुने पोलिफेनोल्स केमिकलले दिमागमा रहेको खुशीको भागलाई सक्रिय पार्छ।

५, मुख खोलेर हाँस्ने। जब तनाव वा दबाब महसुस हुन्छ तब गरिहाल्ने। या हरेक घण्टा गर्न सकिन्छ। मुख खोल्दा दिमागको अगाडिको खुशीको नसामा दबाब बढ्छ।