काठमाडौँ। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना महामारीले नेपालमा पनि १५ हजार बढीमा संक्रमण भएर देशलाई हायलकायल पारेको छ। सिंगो विश्व नै कोरोना महामारीसँग आजित भएर घुँडा टेक्न बाध्य छ।

विश्वभर लाखौँ मानिसको मृत्यु भएको छ भने झन्डै करोडको हाराहारीमा कोरोना संक्रमित भएका छन्। विश्वका महान् देशहरु पनि कोरोना महामारीका अघि निरीह देखिएका छन्। यस्तैमा नेपालजस्तो अल्पविकसित देश झन् पीडित भएको छ। रेमिट्यान्सले धानेको अर्थतन्त्र धराशायी बनेको छ। जनता रोगभन्दा भोकले मर्ने अवस्था सिर्जना भएको छ।

यद्यपि पछल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या ह्वात्तै घटेको देखिएको छ। यसको पछाडिको रहस्य सरकारले परीक्षाको दायरा बढाउनु त होइन? भन्ने कतिपयले आशंका गरे पनि यसरी संक्रमितको संख्यामा कमी आउनु भनेको हाम्रो लागि खुशीको कुरा हो।
हुन त अन्य देशजस्तो महामारीको भयानक अवस्था नेपालमा भोग्नुपरेको छैन। यसरी हामी नेपाली सचेत बनेर कोरोनाविरुद्ध लडी यसलाई पराजित गर्दै हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन आवश्यक छ।