२२ असार, काठमाडौं । महानायक भनेको sell-able आर्टिस्ट हो जसको नाममा फिल्म बिक्छ | एक ताका राजेश हमालको एउटा एस्तो क्रेज थियो कि बगर राजेश हमाल फिल्म नै चल्ने थिएन | राजेश हमाल चाहियो, सानो रोलमा भएपनि चाहियो , उसको अनुहार पोस्टरमा मात्रै रख्दियो भने पनि फिल्म राम्रो बिकथ्यो | राजेश हमालले थुप्रो फिल्म खेले, वाइयात फिल्म पनि खेले – थुप्रा लानछना पनि आए, तर राजेश हमाल को त्यो महानता हो कि उनले कसैलाई पनि निरास गरेनन् – ‘ म नया डाइरेक्टर हो, सानो रोल छ नि दाई गर्दिनु न ‘ भन्दा खेरि ‘हुन्छ-हुन्छ ‘ भन्थे | त्यो उदारता र नेपाली फिल्म उधोगमा दिएको योगदानले नै उनलाई सबैले “महानायक” भनेका हुन ।